Logo

चितवन कांग्रेसको विवाद सल्टियो, एक ढिक्का भएर निर्वाचनमा प्रस्तुत हुने



काठमाडौं, ३ मंसिर । चितवन कांग्रेसको राजनीति संग्लिएको छ । पछिल्लो समय चितवन कांग्रेसमा समस्या नै समस्या देखिएको थियो । यो बीचमा सत्ता गठबन्धनको तर्फबाट चितवनमा चुनावीलक्षित ठूला आमसभा पनि आयोजना भएका थिए । सो सभामा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न निर्देशन दिएका थिए ।

खासगरी पूर्व सभापति विकास कोइरालालाई कारबाही फिर्ता गर्नेबारे उनले संकेत गरेका थिए । अहिले चितवन कांग्रेसको विवाद साम्य भैसकेको नेताहरुको भनाई छ । वर्तमान सभापति राजेश्वर खनालले पनि आफूहरु एक ढिक्का भएर चुनावमा होमिएको बताए ।

चुनावलाई केन्द्रविन्दुमा राखेर चितवनका कांग्रेस नेताहरुले एकताको सन्देश दिनु सुखद् भएको भन्दै पार्टी नेतृत्वले पनि खुशी व्यक्त गरेको छ । खनालले कांग्रेस एक ढिक्क भएर अब गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन लागिपर्ने बताए । उनले चितवनमा गठबन्धनका सबै उम्मेदवार विजयी हुने स्पष्ट पारिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्