काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुमा अपिल गरेकी छिन् ।
मतदानको अघिल्लो दिन आज (शनिबार) सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।
उनको सन्देशमा भनिएको छ,‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा अनुरोध गर्दछु ।’