Logo

निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी परिचालन



काठमाडौं, मंसिर ४ ।  निर्वाचन आयोगले आमनिर्वाचनका लागि दुई लाख ४६ हजार ९६० जना कर्मचारी परिचालन गरेको छ । आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा सात र बढीमा नौ जना कर्मचारी परिचालन भएका छन् । देशभरि कुल २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन् ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मतदान केन्द्रमा हुने मतदाता सङ्ख्याका आधारमा कर्मचारी नियुक्त गरिएको जानकारी दिनुभयो । २५० मतदाता रहेको मतदान केन्द्रमा सात जना, पाँच सयसम्म मतदाता हुने मतदान केन्द्रमा आठ र पाँच सयभन्दा बढी मतदाता हुने मतदान केन्द्रमा नौ जना कर्मचारी परिचालन गरिएका छन् ।

मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी तथा दुई जना सहायक र स्वयंसेवक गरी सातदेखि नौ जना कर्मचारी परिचालन गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्