Logo

निर्वाचनमा भाग लिन्नँ भन्न पाइन्छ तर मतदानमा अवरोध गर्न पाइँदैनः गृहमन्त्री



काठमाडौं, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँडले आजको प्रतिनिधिसभा तथा प्रदेश सभामा निर्वाचनमा सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गृहमन्त्री खाँडले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । जनताले निर्धक्क भएर मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाएका छौं । त्यसका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त संयन्त्र बनाएका छौं ।’
साथै उनले लोकतन्त्रमा कुनै पनि शक्तिले निर्वाचनमा भाग लिन्नँ भन्न पाए पनि अवरोध गर्न नपाउने बताए । खाँडले थपे, ‘सम्पूर्ण सुरक्षा निकाय पूर्ण सजगताका साथ तैनाथ छन् । स्थिति सामान्य छ । मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्छन् । कुनै समस्या छैन ।’

 



प्रतिक्रिया दिनुहोस्