Logo

अछाम पुगेर भीम रावलले गरे मतदान



काठमाडौं, मंसिर ४ । नेकपा (एमाले)का नेता डा. भीम रावलले गृहजिल्ला अछामबाट मतदान गरेका छन्। उनले जिल्लाको चन्दोदय आधारभुत विद्यालय भागेश्वर मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।

रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका थिए। तर, पार्टी केन्द्रको निर्णयले उनलाई टिकट दिएको थिएन। उनको क्षेत्रबाट एमालेका नेता झपट बोहरा उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस्