Logo

चार तस्विरमा विश्वकपको उद्धाटन खेल हुने रंगशाला (फोटोफिचर)



एजेन्सी । फिफा विश्वकप-२०२२ आजबाट कतारमा शुरु हुँदैछ । विश्वकपको उद्धाटन समारोह अल खोरमा रहेको अल बायत स्टेडियममा हुनेछ । उद्धाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नेछन् । खेल राति ९:४५ बजे शूरु हुनेछ ।

विश्वकपको इतिहासमा पहिलोपटक सबैभन्दा कम रंगशालामा खेल हुँदैछ । यसपटक आठ रंगशालामा ६४ खेल हुनेछन् । त्यसमध्ये सात नयाँ रंगशाला नयाँ बनाइएको थियो भने एक रंगशालालाई मात्र पुन निर्माण गरिएको हो । उद्धाटन खेलमा ६० हजार दर्शकको उपस्थिति हुनेछ ।

यस रंगशाला विश्वकप आयोजना हुने लुसाइल रंगशालापछि दोस्रो ठुलो रंगशाला हो । यस रंगशालामा समूहचरणको चार तथा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलको एक-एक खेल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot