Logo

पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान



काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गरेका छन्। मतदानपछि रासससँग कुराकानी गर्दै उनले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गरे।

पूर्व प्रधानन्यायाधीश रेग्मीले भने, “शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति अझै बाक्लो हुने अनुमान गरेको छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot