काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका लागि काठमाडौं–४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।
उनी मतदानको लागि घरबाट निस्किने क्रममा भने पूजापाठ गरेर निस्किएका छन् ।
बुवा–आमाको आर्शिवाद लिएर थापा घरबाट निस्किएका थिए । सो क्रममा उनले श्रीमती डा. अञ्जना केसीको हातबाट दही खाएका थिए ।
घरको मूल ढोकामा राखिएका कलशमा पैसा चढाएर उनी मतदानको लागि निस्किएका थिए ।
यसपटक थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छन्। उनले आफ्नो उम्मेदवारी पनि प्रधानमन्त्री बन्नको लागि भनेका छन् ।
https://www.facebook.com/thapagk/videos/1272333303611663