काठमाडौं, ४ मंसिर । काठमाडौं–१ का उम्मेदवारहरु प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच मतदान केन्द्रमा जम्काभेट भएको छ । नेपाली कांग्रेसका नेता सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मिश्र भने राप्रपाका उम्मेदवार हुन् । उनीहरुबीच आज मतदान गर्न जाँदा रत्नराज्य महादेवस्थान अगाडि जम्काभेट भएको हो । सो क्रममा उनीहरुबीच एकछिन ठट्टासमेत चलेको थियो ।
शरदराज पाठकले फेशबुकमा नेताद्धयको तस्विर सार्वजनिक गर्दै लेखेका छन्-
प्रकाशमान सिंह: “मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ बर्षपछि भेटौँला।”
रवीन्द्र मिश्र: “अब अर्को पटक उम्मेदवारकारूपमा सम्भवत: हाम्रो भेट नहोला। किनकी तपाईँलाई विश्राम चाहिएको छ, काठमाडौ-१ का मतदातालाई अब म चाहिएको छ।”
(रत्नराज्य महादेवस्थान केन्द्र अगाडीको जम्काभेटमा कुराकानी।)