Logo

स्याङ्जमा शान्तिपूर्ण मतदान जारी छ : कँडेल



काठमाडौं, ४ मंसिर । पब्लिक इनोभेटर ईं. दीपेन्द्र कँडेलले मतदान गरेका छन् । पब्लिक पोलिसीमा काम गरिरहेका कँडेल मतदान गर्नको लागि गृहजिल्ला स्याङ्जा पुगेका हुन् । उनले सो क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जानकारी दिए ।

मतदानमा उत्साहजनक जनसहभागिता देखिएको पनि उनको भनाई छ । मतदानपछि उनले भनेका छन्–‘संविधानले दिएको अधिकार अनुसार आफ्नो मत खसालियो, तपाईँहरु पनि आफ्नो मत खसाल्नुहोस ।’ उनले स्याङ्जा क्षेत्र नम्बरको वालिङ नगरपालिका–८ मा रहेको केदारनाथ मन्दिर मतदान केन्द्रमा मत हालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्