Logo

‘भष्मासुर प्रवृत्तिको उदय नहोस्’–डा.भट्टराई



गोरखा, ४ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।

डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन्।

मतदानपछि डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन,‘गोरखा पानपा–१ अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरियो। राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् भष्मासुर प्रवृत्तिको उदय नहोस, सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू होस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot