कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा एक जनाको निधन भएको छ ।
सुरक्षाकर्मीले चलाएको गोली लागी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।
बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अएडीको मृत्यु भएको हो ।
त्यस्तै, सुरक्षाकर्मीको गोली लागेर अन्य तीन जना घाइते भएका छन् ।
मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ ।
निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको छ ।