काठमाडौं, ५ मंसिर । काठमाडौं–९ मा नेकपा एमालेले अग्रता लिएको छ । १ बजेसम्म २२८६ मतगणना हुँदा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ५६४ मत प्राप्त गरेर अग्रस्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल ५६१ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादीका उम्मदेवार कल्पना धमला ३४५ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।
त्यसैगरी सो क्षेत्रमा राप्रपाका उम्मेदवारले २१५ मत ल्याएका छन् । यसअघि पनि श्रेष्ठ सो क्षेत्रमा निर्वाचित भएका थिए ।