
काठमाडौं, ५ मंसिर । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । हालसम्म ६६८ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४३२ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।
नेकपा एमालेका नेता तथा उम्मेदवार सुवासचन्द्र नेम्वाङले भने २७३ मत प्राप्त गरेका छन् । त्यसैगरी, राप्रपाका गणेशप्रसाद दुलालले ४ र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बुले ३ मत ल्याएका छन् ।