Logo

गुल्मी-२ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा ७० मतले अगाडि



काठमाडौं, ५ मंसिर । गुल्मी २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

विष्टले ६७२ मतसहित लिड गरेका छन् । विष्टलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याएकी छिन् ।

झाँक्रीले ६०२ मत ल्याएकी छिन् । अहिले इस्मा गाउँपालिका १ को मतगणना सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्