Logo

रवीन्द्र मिश्र हारेपछि माओवादी नेता दीपेशको टिप्पणी-बरु पूरानै पेशा ठिक छ



काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का युवा नेता दीपेश पुनले रवीन्द्र मिश्रको पराजितमा खुशी मनाएका छन् । उनले मिश्रलाई फन्टुलकाजीको संज्ञा दिएका छन् । उनले बर्बराएजस्तो ब्याटलमा भिड्न सजिलो नहुने भन्दै अब पूरानै पेशा ठिक हुन्छ भन्ने सुझाव दिएका छन् । मिश्र काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका हुन् ।

पुनले फेशबुकमा लेखेका छन्-“सपनामा पनि माओवादीलाई गाली गर्ने, सक्कियो-पेण्डुलम भयो भन्ने एकजना फन्टुलकाजी चुनाव हारेछन्। आमाको रगत खान्छु भन्दै बर्बराएजस्तो सजिलो छैन ब्याटलमा भिड्न छुचुन्द्रजी!!!हाहा बरु उतै पुरानै पेशा ठिक छ।”



प्रतिक्रिया दिनुहोस्