Logo

भक्तपुर-२ मा कांग्रेसका थापाले बढाए मतान्तर, महेश बस्नेतको कति ?



काठमाडौं, मंसिर ६ । भक्तपुर -२ मा एमाले उम्मेदवार महेश बस्नेतले मतान्तर घटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बस्नेतको ९ हजार २५ मत पुगेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा भने १० हजार भोट नजिक पुगेका छन् । थापाको ९ हजार ९८७ भोट आएको छ । तेस्रो स्थानमा रहेकी नेमकिपाकी अनुराधा थापा मगरले २ हजार ६३ मत प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्