Logo

ओखलढुंगामा रामहरी खतिवडा ७२२ मतान्तरले अगाडी



काठमाडौं, ६ मंसिर । ओखलढुंगामा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार खतिवडा ४३ सय ९४ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३६ सय ७२ मत ल्याएका छन् । सो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्