काठमाडौं, ६ मंसिर । चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको मतगणनामा आफूले लिड गर्ने दाबी गरेका छन् ।
उनले अहिलेसम्म आइरहेको नतिजाबाट आफू सन्तुष्ट रहेको पनि स्पष्ट पारेका छन् ।
मतगणनास्थल अौद्योगिक प्रदर्शनी केन्द्रमा आज (मंगलबार) संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
अहिलेसम्म १०४०५ मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ लिड गरिरहेका छन् ।
उता, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन् भने लामिछानेले २९७८ मत ल्याएका छन्।