Logo

काठमाडौँ–५ दुई हजार पाँच सय ३८ मतले प्रदीप अगाडि



काठमाडौँ,६ मँसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चौबीस हजार नौ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आठ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ ।

प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले पाँच हजार छ सय ८२ मत प्राप्त गर्नुभएको छ । पौडेल र पोखरेलको मतान्तर दुई हजार पाँच सय ३८ रहेको निर्वाचन अधिकृत रितबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुुुभएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot