काठमाडौं, ७ मंसिर। प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको भक्तपुर क्षेत्र नं २ मा मङ्गलबार राति ९ बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई आठ सय ३८ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् ।
भक्तपुर–२ मा ४८ हजार एक सय ६० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १८ हजार दुई सय ६१ मतले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार बस्नेतले १७ हजार चार सय २३ मतले पछ्याइराखेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले चार हजार चार सय ६८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार ९१, राष्ट्रियता प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार आठ सय ४६ प्राप्त गरेका निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।