Logo

सुदूरपश्चिमका सवै क्षेत्रमा माओवादी केन्द्र पछाडी



कैलाली, मंसिर ७ । आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा नेकपा (माओवादी केन्द्र)ले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन ।

प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा शक्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली–३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि मतान्तरमा पछाडी परेको छ ।

कैलाली तीनबाट माओवादी केन्द्रका कुन्दन चौधरीले उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् ।

कैलाली क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल उम्मेदवार रहेकोमा त्यहाँ पनि हालसम्म नागरिक उन्मुत्ति पार्टीको अग्रता रहेको छ ।

त्यसैगरी कञ्तनपुर क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकी बुहारी विना मगरले उम्मेदवारी दिएकोमा सो क्षेत्रमा हालसम्म नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले अग्रता लगेका छन् ।

यसैगरी माओवादी केन्द्रले बैतडीमा शत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका थिए । सो स्थानमा माओवादी केन्द्रका नरेन्द्र कुँवरले उम्मेदवारी दिएका थिए । तर हाल सम्म बैतडीमा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लगिरहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot