Logo

ललितपुर–३ मा ३१८४४ मत गन्दा कसले कति पाए



काठमाडौं, ७ मंसिर । आइतबार भएको निर्वाचनको देशभर मतगणना जारी छ । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले मतान्तर बढाउदै लगेकी छिन् ।

३१ हजार ८४४ मत गन्दा पछिल्लो मत परिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत प्राप्त गर्दै शीर्ष स्थानमा छिन् ।

उनलाई पछ्यादै एमालेका अमृत खड्काले ८ हजार ९३६ मतसहित दोस्रो स्थानमा छन् । कार्की र खड्काबीच ८ हजार ३ सय ९० मतान्तर रहेको छ ।

त्यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत ल्याएकी छिन् । उनी तेस्रो स्थानमा छिन् ।

सो क्षेत्रमा ६१ हजार ५ सय ७५ मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot