Logo

गुल्मी–२ मा गोकर्ण विष्टको ह्याट्रिक



काठमाडौं, ७ मंसिर । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाक्रीलाई पराजित गर्दै विजयी भएका हुन् ।

बिष्टले २८ हजार ४७६ मत पाएर विजयी भएका छन् । झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छिन् ।

बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् ।



प्रतिक्रिया दिनुहोस्