Logo

काठमाडौं–६ मा घण्टीका शिशिर खनाल निर्वाचित



काठमाडौं, ७ मंसिर । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् ।

खनालले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत प्राप्त गरेर विजयी भएका हुन् ।

खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन् । सो क्षेत्रमा कुल ३८ हजार ३८० मतदाता मध्ये ३८ हजार ३८० मत खसेको थियो ।

सो क्षेत्रमा कांग्रेसका प्रधानले यसअघिका निर्वाचन जित्दै आएका थिए । शिशिर टिच फर नेपालका संस्थापक हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot