Logo

ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा निर्वाचित



काठमाडौं, ७ मंसिर । ओखलढुंगामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्