विनय रावल-
पराजय व्यहोरे पनि बर्दियालि जनताको हितमा सदा समर्पित रहनेछु !
नमस्कार, जय राष्ट्रबाद ?
०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट मलाई र मेराे पार्टिलाई मतदान गर्नुभएका यस क्षेत्रका मेरा आद्वर्णिय मतदाता आमा, बुबा, दाजु,भाई, दिदी,बहिनी तथा सम्पुर्ण सुबेच्छुक प्रति हृदयदेखि धन्यवाद सहित आभार प्रकट गर्दछु ।
समग्र बर्दियाकाे रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी सशक्त, दृढ जिम्मेवार भएको जानकारी गराउन चाहन्छु। सात वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेरा बन्दीका बिच पनि मैले जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन । याे साथ, सहयाेग, आत्मियताकाे लागि सबैमा उच्च सम्मान प्रर्कट गर्दछु ।
निर्वाचनमा पराजय व्यहाेरे पनि बर्दिया र बर्दियालि जनताकाे हितमा समर्पित रहेर निरन्तर कामहरू गर्ने छु ।” बिकसित र ब्यवस्थित बर्दिया” (Better & Brighter Bardiya) बनाउने मेरो दृढता कायमै छ । जुनसुकै मूल्य चुकाउनु परेपनि म पूरा गरेरै छाड्ने छु । अहिले सम्मकाे यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिन! यस पटक बर्दिया क्षेत्र नं २ मा “चुनावी संग्राम” मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।
परिवर्तन चाहने देशभक्त, सचेत नागरिकको एउटा बलियो उदाहरण बनेको छ बर्दिया । समग्रमा जितन्छ वा सिकिन्छ, जे पनि आउँछ परिणाम । तर बर्दियाबाट मैले पाएको मतले मलाई निकै भावुक र बलियो बनाएको छ । मैले पाएको मत मैले आजसम्म कमाएको नैतिकता र इमानदारीको नोवेल पुरस्कार पाएको महसुश गरेको छु । मेरो विवेकले भ्याएसम्म आदर्णिय बर्दिया बासिहरूकाे सेवामा सदैव समर्पित रहि बर्दिया वासीहरूको गुन र भरोशाको रिण तिर्ने प्रण गर्दै सम्पुर्णमा विशेष धन्यवाद व्यक्त गर्दछु ।
निर्वाचनमा विजयी हुनुभएका स्वतन्त्र उम्मेद्वार लालबिर चाैधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना दिन चाहान्छु । बर्दियालि जनताले दिएकाे अभिभारा निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना दिन चाहन्छु ।
विनय रावल
राष्ट्रिय प्रजातन्त्र पार्टि,
सामाजिक बिभाग प्रमुख