Logo

धनुषा-३ मा जुली महतो ४१२३ मतले अगाडि



काठमाडौं, ७ मंसिर । धनुषा ३ को प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।

नेकपा (एमाले) की जुलीकुमारी महतो ४१२३ मतले अगाडि छिन् ।

उनले १६८३५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल झाले १२७१२ मत ल्याएका छन् ।

जनमत पार्टीका शम्भुनाथ साहले ३९३९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जुलीले निरन्तर अग्रता लिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्