काठमाडौं, ७ मंसिर । सिरहा ४ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. विरेन्द्र प्रसाद महतोले अग्रता कायमै राखेका छन् । अहिले मिर्चैया नगरपालिकामा मतगणना जारी छ ।
अहिले भर्खरै उक्त नगरपालिकाको वडा नम्बर ६ को गणना सकिएको छ ।
महतोले ९५१२ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् ।
उनलाई नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ साहले पछ्याएका छन् ।
उनले ६०९२ मत ल्याएका छन् । त्यस्तै जनमतका विरेन्द्र प्रसाद साहले भने ४६२० मत ल्याएका छन् ।