
काठमाडौं, ७ मंसिर । काभ्रे २ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ ।
एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले पहिलोपटक अग्रता लिएका छन् ।
बाँस्कोटाले १७०५२ मत ल्याएर अग्रता बनाएका छन् ।
उनलाई सत्ता गठबन्धनबाट कांग्रेसका शिव हुमागाईंले १६७७६ मत ल्याएर पछ्याएका छन् ।
०७४ मा सो क्षेत्रबाट एमालेका बाँस्कोटा नै निर्वाचित भएका थिए ।