Logo

कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको कारण बारा-१ मा मतगणना रोकियो



काठमाडौं, ७ मंसिर । बारा-१ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।

कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफू हार्ने भएपछि मतगणना स्थगित गरेको एमालेका कार्यकर्ताहरुको आरोप छ ।

कोल्हवी नगरपालिकाको गणना हुँदै गर्दा चौधरीले विवाद झिकेर गणना स्थगित गराएका छन् ।

उनी कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्रीसमेत हुन् ।

चौधरी एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेका छन् ।

मन्त्री चौधरीकै निर्देशनमा कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot