Logo

प्रतिनिधि सभा सदस्यमा रञ्जिता श्रेष्ठ चौधरीको जित निश्चित



काठमाडौं, ८ मंसिर । कैलाली–१ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ ।

पछिल्लो मत परिणाम अनुसार सो पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले २६ हजार १५५ मत ल्याएकी छिन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका तपेन्द्र रावलले ५२ सय ३९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

८ हजार ६११ मतगणना बाँकी छ भने रञ्जिताले १० हजार ४३७ मतान्तरले अग्रता लिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot