Logo

डडेल्धुरा प्रदेश सभा-१ मा माओवादीका खगराज भट्ट विजयी



डडेल्धुरा, मंसिर ८ । डडेल्धुरा प्रदेश सभा १ को मत गाणना सम्पन्न भएको छ । आज विहान सकिएको मतगणनाअनुसार गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् ।

भट्टले १२ हजार ११२ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी नेकपा (एमाले)का पठान सिहं बोहराले ९ हजार ११५ मत पाएका छन् ।

त्यस्तै राप्रपाका पदमराज जोशीले ७६२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार महेश सिहं धामीले १ हजार ७९४ मत र धन बहादुर बोहराले २०२ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot