Logo

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद विजयी



काठमाडौं, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १०० मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४ हजार ९३१ मत पाउदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot