Logo

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादी केन्द्रका शेर्पा विजयी



काठमाडौँ,८ मँसिर । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गर्नुभएको हो ।

अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गर्नुभयो । प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो । पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ । दुई वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot