Logo

दैलेख–१ प्रदेशसभा (१)मा कांग्रेसका बिसी विजयी



काठमाडौँ,८ मँसिर । दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराउनुभएको हो ।

जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० हजार पाँच सय ४४ मत पाउनुभयो भने एमालेका थापाले नौ हजार चार सय ६८ मत प्राप्त गर्नुभयो । निर्वाचित बिसी पूर्व कांग्रेस सभापतिसमेत हुनुहुन्छ ।

यस्तै राप्रपाका रणबहादुर सिंहले एक हजार सात सय चार, नेमकिपाका लक्ष्मीकुमारी सिंहले दुई सय एक, स्वतन्त्र पार्टीका टेकबहादुर खाणले चार सय १७ मत पाउनुभएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot