Logo

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे



कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् ।

बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । बागमती प्रदेश कांग्रेसका सभापति बानियाँले १८ हजार ७१७ मत पाएका छन् । एमालेका थापाले १६ हजार ९३५ मत प्राप्त गरेका छन् ।

यसैबीच, सभापति बानियाँले आफूलाई निर्वाचित गराउन मतदान गर्ने मतदाताहरूप्रति आभार प्रकट गरेका छन् । उनले मतदाताको विश्वास र भरोसालाई कहिल्यै पनि अबमूल्यन नगर्ने बताएका छन् ।

सभापति बानियाँले मकवानपुरबाट आफूलाई ३ पटक विजयी बनाउने मतदाता र शुभेच्छुकलाई धन्यावाद दिँदै मकवानपुरको विकासका लागि कार्यालय स्थापना गरेर काम गर्ने बताएका छन् ।  मकवानपुर–२ को प्रदेश सभा २ मा ३ स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot