Logo

डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक



काठमाडौं, ८ मंसिर । मकवानपुर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह जित नजिक पुगेका छन् ।

मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेका सिंह अन्तिममा आएर लिड गर्दै पहिलो स्थानमा पुगेका हुन् । करिब मतगणना सकिने क्रममा हेटौडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गन्न थालेपछि उनले ह्वात्तै अग्रता बढाएका हुन् ।

कुल ८४ हजार ५ सय ६८ मत गन्दा सिंहले २५ हजार ६५ मत प्राप्त गरेका छन् । उपाध्यायले २४ हजार ३३० मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार कमल थापाले २३ हजार ७१४ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot