Logo

बहालवाला मन्त्रीलाई पराजित गर्दै डडेल्धुरा (२) मा स्वतन्त्र उम्मेदवार विजयी



काठमाडौं, ८ मंसिर । डडेल्धुरा प्रदेश सभा २ मा बहालवाला मन्त्री गोबिन्द बोहोरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री तथा कांग्रेसका उम्मेदवार बोहोरालाई ४ सय ८० मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।

विजयी भएका जोशीले ११ हजार १७० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोहोराले १० हजार ६९० मत ल्याएका छन् ।

उनले एकीकृत समाजवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्