Logo

ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रचण्ड र माधव नेपालसँग कुरा गर्नुहुन्छ : विष्णु रिजाल



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले एमालेकै नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् ।

उनले सरकार गठनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग पनि छलफल अघि बढाउने बताए ।

रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सरकार गठनको लागि एमालले पहल लिन्छ, अध्यक्ष कमरेडले माओवादी र एकीकृत समाजवादीसँग पनि छलफल गर्नुहुन्छ ।’

उनले अहिलेको निर्वाचनले पनि वामपन्थीहरु मिल्नुपर्ने सन्देश दिएको सुनाए ।

पछिल्लो मतपरिणामअनुसार एमाले समानुपातिकतर्फ पहिलो शक्तिको रुपमा अघि बढेको छ ।

प्रत्यक्षतर्फ पनि एमाले र कांग्रेसबीच कडा टक्कर छ । माओवादी केन्द्र र एकीकृत समाजवादी भने खुम्चिएका छन् ।

०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । र, पछि दुई दलबीच एकता भएर नेकपाको सरकार गठन भएको थियो ।

उनले सरकार गठनको लागि ओलीले प्रचण्ड र माधव नेपालसँग पनि कुरा गर्ने बताए । file photo



प्रतिक्रिया दिनुहोस्