Logo

पाँचथरबाट एमालेका नेम्वाङ निर्वाचित



पाँचथर, मंसिर ९। प्रतिनिधि सभा सदस्य पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ४७ मत अन्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ।

नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८,२०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी २०७४ सालमा पनि आङदेम्वेलाई हराउँदै प्रतिनिधिसभा सदस्य वनेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot