Logo

सिरहा-४ बाट जसपाका डा. विरेन्द्र महतो निर्वाचित



काठमाडौं, ९ मंसिर । सिरहा ४ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका डा. विरेन्द्र प्रसाद महतो निर्वाचित भएका छन् । महतोले जनमत पार्टीका विरेन्द्र प्रसाद साहलाई ७८०८ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

निर्वाचित महतोले २४१०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी विरेन्द्र साहले भने १६२९४ मत ल्याए । सत्ता गठबन्धनका साझा उम्मेदवार धर्मनाथ साहले भने १४६५३ मत ल्याए ।

महतो पहिलोपटक संसद्मा निर्वाचित भएका हुन् । रुसबाट अर्थशास्त्रमा विद्यावारिधी महतो संविधानसभा सदस्यसमेत थिए ।



प्रतिक्रिया दिनुहोस्