काठमाडौं, ९ मंसिर । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले जनताको विश्वासलाई आत्मसात् गरेर अघि बढ्ने बताएकी छिन् । आफ्नो क्षेत्रका जनताका समस्या समाधानको लागि पहल गर्ने उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सो क्षेत्रमा खानेपानी, ढललगायतका समस्या रहेको उनले सुनाईन् ।
उनले आफूहरु सरकारमा जाने वा नजाने भन्नेबारे पार्टीको केन्द्रीय समितिबाट निर्णय लिईने स्पष्ट पारिन् । उनले पार्टीले सर्वसम्मत् रुपमा सरकारमा जाने निर्णय गरे सभापति रवि लामिछानेलाई आफूहरुले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको सुनाईन् ।
आफ्नो दलको नेतृत्वमा सरकार नबन्ने र अरु दललाई समर्थन गर्ने अवस्था आयो भने के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय कमिटीमा निर्णय गरेर टुँगो लगाउने स्पष्ट पारिन् ।