काठमाडौं , ९ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा विजयी भएका प्रकाशमान सिंहले आज प्रमाणपत्र ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता सिंहले मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको हातबाट प्रनिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र लिएका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर राप्रपाका रविन्द्र मिश्रलाई पराजित गरेका थिए ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ को (१) र (२) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।