
काठमाडौं, ११, मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलार्इ अझबढी ब्यवसायिक बनाउदै उनीहरुको जिवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुर पश्चिम प्रदेशबाट सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढी मा र आज मङ्सिर ९ गते डडेलधुरामा यो कार्यक्रम आयोजना गरिएको बताए ।
कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए। कर्यक्रममा उत्कृष्ट ब्यबसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।
कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्णदत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।