Logo

अब यी क्षेत्रका मतपरिणाम आउन बाँकी, कसले मार्ला बाजी !



काठमाडौं, ११ मंसिर । गत आइतबार देशभर भएको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । अहिलेसम्म १६५ मध्ये १५६ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ ।

सबैभन्दा बढी क्षेत्रमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसले ४३, नेकपा एमालेले ४१ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जनता समाजवादी पार्टीले ६,नागरिक उन्मक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ।
अब ९ क्षेत्रका मतपरिणाम आउन बाँकी छ । इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतले नेकपा एकीकृत समाजवादीका झलनाथ खनाललाई पछि पार्दै अग्रता लिएका छन् ।

सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पार्दै जनता समाजवादी पार्टीका अशोक राईले अग्रता लिएका छन् । यसअघि तामाङले अग्रता लिदै आएकी थिइन् ।

धनुषा ४ को मतपरिणाम आउन बाँकी छन । सो क्षेत्रमा नेपाली कांग्रेसका महेन्द्र यादव र एमालेका रघुबीर महासेठ चुनावी प्रतिस्पर्धामा छन् । यादवले अग्रता लिइरहेका छन् ।

उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्काले नेकपा एमालेका मञ्जु चौधरीलाई पछि पार्दै अग्रता लिएका छन् ।
त्यसैगरी, सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिइरहेका छन् । विवादका कारण शनिबार साझदेखि सो क्षेत्रको मतगणना रोकिएको छ । नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले कार्कीलाई पछ्याइरहेका छन् ।

दोलखा, स्याङ्जा–२ र बाजुराको मत गणना हुन बाँकी छ ।

सुनसरी ३ मा पनि मतगणना जारी छ । नेकपा एमालेका भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्