काठमाडौं, ११ मंसिर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पाँचौँ सामाजिक सुरक्षा दिवस मनाएको छ ।
सो अवसरमा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने स्पष्ट पारेका छन् ।
सो कुरा पार्टीले चुनावमा सार्वजनिक गरेको घोषणापत्रमा पनि लेखेको उनको भनाई थियो ।
सरकार बनाउन नसके र प्रतिपक्षको भूमिकामा बसेपनि श्रमिकको पारिश्रमिक २५ हजार पुर्याउन एमालेले आन्दोलन गर्ने उनको भनाई थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम