काठमाडौं, १२ मंसिर । रुकुम पूर्वको प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर केसी (डिबी) को विजयलाई लिएर सिंगो जिल्लावासीमा नै खुशियाली छाएको छ । राजनीति र समाजसेवालाई सँगँसगै लिएर अघि बढेका केसीको जितले सिंगो जिल्लावासीमा खुशियाली छाएको र अब विकासको लहर आउने विश्वास लिईएको छ।
उनी ४ हजार ८ सय ६२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मदेवार नरहरि खड्काले २ हजार ६ सय १८ मत ल्याएका छन्। पूर्वी रुकुम प्रदेशसभा (क) तर्फ स्वतन्त्र उम्मेदवार सुरुल पुनले यस अघि जित हाँसिल गरेका छन् भने प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट माओवादीका पूर्ण घर्तिमगरले अग्रता लिइरहेका छन्।
केसीले समग्र जिल्लाको विकासमा ठूलो टेवा पुर्याएका छन् । उनले शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा ठूलो योगदान गरेका छन् । जनताको अधिकार स्थापित सँगसँगै विकास निर्माणका गतिविधिलाई अघि बढाएकै कारण उनी जिल्लामा सबैको साझा नेताको रुपमा परिचित छन् । पार्टी पँक्तिमा पनि उनलाई नेतृत्व तहबाट नै रुचाईएको छ ।
आफूले पाएको जिम्मेवारी सरल ढंगले पूरा गर्ने उनको खुबी छ । जिल्लाका असहाय, गरिब र दिनदुखीहरुको सहयोगमा उनी विगत लामो समयदेखि सक्रिय छन् । उनलाई नेतृत्वले पार्टी सरकारमा सहभागी भए मन्त्री बनाउने निश्चित् छ ।
समाजसेवाप्रतिका लगाव र राजनीतिक सक्रियता देख्नेहरु पनि केसीको यक्तित्वबाट प्रभावित बनेका छन्। उनले यो निर्वाचनमा पनि ठूला कुरा भन्दा जनताका सामान्यभन्दा सामान्य समस्यालाई पहिचान गरेर ती हल गर्ने प्रतिबद्धता जनाएका थिए । उनी निर्वाचित भएलगत्तै नै जनताको सेवामा सक्रिय हुन थालेका छन् ।
नोट : यसअघि यो समाचारमा प्राविधिक गल्ती भएको कारण सच्याईएको छ ।