Logo

अन्तर्राष्ट्रिय विमानस्थलमा बढाइएको पार्किङ शुल्कविरुद्ध ट्याक्सी चालक आन्दोलित



काठमाडौं, १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरु विरोधमा उत्रिएका छन् ।
ट्याक्सी चालकहरुले आज विमानस्थलको आगमन गेट अघि प्रदर्शन गरेका हुन् ।

उक्त पार्किङ स्थान आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएर चलाइरहेको छ । सो स्थानमा सवारी चालकहरु महँगो शुल्क तिर्न बाध्य भइरहेको भन्दै विरोधमा उत्रेका हुन् ।

यसअघि सो स्थानमा प्रतिघण्टा पार्किङ शूल्क २० रुपैयाँ लिदै आइरहेको थियो । एकैपटक ८० रुपैयाँ बढाएको र अझै १०० रुपैयाँ पुर्याउने धम्की दिइरहेको भन्दै ट्याक्सी चालकहरु विरोधमा उत्रिएका हुन् ।

प्रदर्शनको नेतृत्व नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेको छ।



प्रतिक्रिया दिनुहोस्