Logo

उदयपुर–१ मा कस्तो छ मतगणनाको पछिल्लो स्थिति ?



काठमाडौं, १३ मंसिर । उदयपुर–१ मा गत आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।

सोमबार निर्वाचन आयोगले उदयपुर–१ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । गणनापुर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको हो ।

अहिले  निर्वाचन क्षेत्र नं १. का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु प्रदेशसभा (२) अन्तर्गतका हुन् ।

मतगणनाको क्रममा १० वटा ब्यालेट बक्समा उदयपुर १ (२)को प्रदेशसभाको १०० मत भेटिएपछि दलहरुको आग्रहमा गणना स्थगित भएको हो ।

नेपाली कांग्रेसका नेता तथा मन्त्री नारायण खड्का र एमालेकी मन्जुकुमारी चौधरीलगायत प्रतिस्पर्धामा छन् ।

 



प्रतिक्रिया दिनुहोस्